रवि छुटेपनि तत्काल पक्राउ पर्ने

थुनछेक बहस सकियो, रवि छुटेपनि तत्काल पक्राउ पर्ने

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सुनुवाइ भइरहेको सो मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएसँगै थुनछेकको प्रक्रिया पूरा भएको हो ।

आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेसहित कृष्णबहादुर गुरुङ, लिला पछाईं, छविलाल जोशी, रामबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङ पनि थुनामै छन् । उनीहरु सबैको थुनछेक बहस सकिएपछि न्यायाधीशले प्रतिवादीलाई आफन कुरा राख्न समय दिएका छन् ।

गत पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । अदालत स्रोतका अनुसार उनीहरुको आदेश आजै आउनसक्ने सम्भावना छ । थुनछेक बहसस सकिएसँगै अब आदेश धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने छ ।

प्रतिवादीहरु लामिछाने, जोशी र फरार रहेका जिबी राईविरुद्ध भने संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा पनि मुद्दा चलाइएको छ । कास्की जिल्ला अदालतले धरौटीमा छाडेको खण्डमा पनि लामिछाने र जोशी छुट्ने छैनन् । उनीहरुको नाममा रुपन्देही, चितवन र काठमाडौंमा पनि सहकारी ठगीको मुद्दा चलिरहेको छ ।

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा रवि, छवि र रामबहादुर गुरुङको नाम उल्लेख गरी जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने…

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 27 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 21 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 23 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ