चीनमा शहरी रोजगारीमा वृद्धि

चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो । रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताउनुभयो । “सन् २०२४ को अन्त्य सम्म, गरिबीबाट बाहिर तीन करोड ३० लाख भन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो,”लुले थप्नुभयो । गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताउनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 108 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 128 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 57 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 61 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल