नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् ।

त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट बलात्कृत भएकी हुन् । मात्र २० बर्षकी नर्स, उनलाई दाजु र अन्य दुई जनाले सामूहीक बलात्कार गरेका हुन् । कफीमा बेहोसीको औषधी मिलाएर उनलाई बेहोस गराइयो । बेहोस अवस्थामा लगातार ६ घण्टा बलात्कार गरेको प्रहरी अनुशन्धानमा देखिएको छ ।

जब उनी होसमा आइन्, त्यसपछि उक्त समूहले पीडितलाई उल्टै यो कुरा कतै भने मात्रपनि मार्ने, गायब बनाउँने धम्की दिए । यो सबै उनीहरुले भिडियोमा समेत उतारे । अव बारम्बार यसै गर्न नदिए उक्त भिडियो इन्टरनेटबाट भाइरल गराउने धम्की समेत दिए । तर धम्कीसँग नडराई उनी प्रहरीकोमा उजुरी दिन गइन् । उक्त तीन जनामा दुई जना अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

मुख्य योजनाकार दाजु पुर्पक्षका लागि हिरासतमा छन् । तर अर्को दुर्भाग्य ती तीन जनामा एक जना एचआईभी पोजेटिभ देखिएका छन् । नर्स विद्यार्थीमापनि उक्त संक्रमण पोजेटिभ देखिएको छ । उनी अहिले उपचार र मनोपरामर्समा छिन् । यो सबै क्यानडाका मिडियाले प्रकाशन गरेको समाचारसहित त्यहाँ रहेकी एक नेपालीले भिडियोमा नै बताएकी छिन् । तस्बिर घटना उल्लेख गर्ने त्यहाँ स्थित नेपालीको हो । गोप्यताका लागि पीडित र पीडक दुबैको विवरण गोप्य राखिएको छ । तस्बिर छोपिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 102 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 15 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 135 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 40 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 41 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 38 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा