नेपाल मुस्लिम पत्रकार संघ द्वारा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ माघ । नेपाल मुस्लिम पत्रकार संघ, पर्साले नेपाल पत्रकार महासंघ का निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । शनिबार पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरु लाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले सो कार्यक्रम को उद्घाटन गमला मा पानी हाली गर्नु भएको थियो भने दोसल्ला र सम्मानपत्र सहित नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रम लाई सम्बोधन गर्दै उप प्रमुख इम्तियाज आलम ले भने राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकोले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तोमा नलाग्न आग्रह पनि गरे ।

यसै गरि स्व. पत्रकार नेहाल खान का परिवारजन लाई सक्दो सहयोग गर्ने र उहाँ को छोरा लाई शैक्षिक संस्था मा तिर्ने रकम मा पनि सहयोग गर्ने प्रतिबधाता गर्नु भयो । उक्त कार्यक्रममा स्व.पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट रु. ३१ हजार रूपैयाँ नगद सहयोग राशी हस्तान्तरण गरिएको थियो ।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के. सी. लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महा संघ पर्सा कि उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका, बिर्ता का प्रहरी निरीक्षक निरोज चौलागाई लगायत पत्रकारहरूको पनि उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 34 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि