नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघः यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ । आज विकास बैंक समूह शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ५४, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फण्ड शून्य दशमलव ४८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह चार दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ८९, होटल तथा पर्यटन शून्य दशमलव २७, लगानी शून्य दशमलव ५०, जीवन बिमा शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन एक दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव ६७ र व्यापार समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, एनआईसी एसियो डिभेञ्चर ०८२/८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३९ करोड ५३ लाख ७३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार छ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल