सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर (धनुषा), १३ माघः जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको हो । यस वर्षको सरस्वती पूजा यही माघ २१ गते परेको छ । सोही पूजालाई लक्षित गरी मूर्ति बनाउन मूर्तिकार व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार चन्द्रदेव पण्डितले बताउँनुहुन्छ । धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, भुतही पोखरी डिल, बिन्दही, महुवालगायतका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छन् । मूर्तिकार रामकुमार मण्डलले यस वर्षका लागि ३५ वटा मूर्ति बनाइसक्नुभएको छ । उहाँसँग प्रतिगोटा रु तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् । मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउदै आउनुभएको छ । “आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु”, उहाँले भन्नुभयो । मूर्तिकार चन्द्रदेव पण्डितको मुख्य पेसा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि रु पाँच हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गर्ने बताउनुभयो । सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उहाँहरूको भनाइ छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् । माटो, काठ, रङ, कपडा तथा परालबाट मूर्ति बनाइन्छ । विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरूले पूजा गर्ने गर्दछन् । हिन्दू परम्पराअनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक सङ्घ संस्थाले मूर्ति नै स्थापना गरी पूजाअर्चना गर्ने गर्दछ । सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय रहेको मूर्तिकार बताउँछ । यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको धनुषाका मूर्तिकार पन्चा पण्डित बताउँनुहुन्छ । सरस्वती पूजाको अवधिभरमा करिब रु एक लाख ५० हजारभन्दा बढीसम्मको आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । आफूले आकर्षक मूर्ति बनाउने गरेका कारण अहिले विभिन्न विद्यालयबाट अर्डर आएको उहाँको भनाइ छ । विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 77 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल