मानव बेचबिखन कार्यमा सलंग्न चार जनालाई पर्सा प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, ईनर्वा बाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति करिब ०८:२५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, भन्सार नजिक सञ्चालनमा रहेको होटलहरूमा चेक जाँच गर्ने क्रममा दुई जना महिला सहित दुई जना पुरुषलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ ।

राम्रो आम्दानी हुने काममा लगाई दिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरू सँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्वस्तिका बाट एक जना र होटल रितेश बाट एक जना गरी दुई जना महिलाको उद्धार गरि उक्त कार्यमा संलग्न हुने/गराउने भारतको बिहार राज्य जिल्ला छपरा, थाना मडहौरा, ग्राम पञ्चायत बरदहिया वडा नं. ११ बस्ने बर्ष ३५ को मनेजर राय, ओखलढुंगा जिल्लाको देयाले गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ३३ को दिपेश राई, महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं. ०२ टिकुलिया बस्ने बर्ष ३२ की सुक्राति चौधरी तथा बारा जिल्लाको जितपुर-सिमरा उप महानगरपालिका वडा नं. १४ बस्ने बर्ष ३८ की मीरा कुमारी महतो लाई कानुन बमोजिम नियन्त्रणमा लिइ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालत बाट ०७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 57 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ