ट्रम्पको धम्कीपछि डरायो भारत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले डराएको भारतले डलरको विकल्पको बारेमा सोच्न नसक्ने प्रतिवद्धता जनाएको छ ।

केही महिना अघि ब्रिक्स राष्ट्रहरू (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरको दबदबा कम गर्न आफ्नै मुद्रा शुरु गर्ने तयारी गरेका थिए ।

त्यो समाचार सार्वजनिक भए लगत्तै आपत्ति जनाएका ट्रम्पले राष्ट्रपति निर्वाचित भए लगत्तै ब्रिक्स देशहरूले डलरको बिरूद्ध नयाँ ब्रिक्स मुद्रा विकास गरे अमेरिका टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका थिए । ‘यदि तिनीहरूले त्यसो गरे भने उनीहरूले सय प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । उनीहरूले अमेरिका जस्तो अद्भुत देशमा आफ्नो सामान बेच्ने सपना त्याग्नु पर्नेछ,’ उनले केही दिन अघि सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका छन् ।

डलरको सट्टा ब्रिक्सको नयाँ मुद्राको सम्भावनालाई अस्वीकार गरिरहेका ट्रम्पको भनाइ प्रति अन्य देशहरुले प्रतिकृया जनाइसकेका छैनन् । तर, भारतले आफूले डलरको विकल्पको बारेमा कुनै कुरा नसोचेको भन्दै उनलाई आश्वस्त बनाउने प्रयास गरेको छ । बिहीबार भारतका विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा भएको एक कार्यक्रममा ट्रम्पका नीतिहरूले विश्वव्यापी व्यवस्थामा महत्वपूर्ण परिवर्तन ल्याउने भन्दै भारतले अमेरिकासंग प्रतिद्धन्दिता गर्न नखोजेको बताए । ‘भारत र अमेरिकाबिच केही असहमतिहरू छन्, तर त्यहाँ धेरै क्षेत्रहरू छन् जहाँ स्थिति हाम्रो पक्षमा हुनेछ । अमेरिकासँग भारतको सम्बन्ध उत्कृष्ट छ । साथै, प्रधानमन्त्रीसँग ट्रम्पको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । यसबाट देश लाभान्वित हुनेछ । यो कुरालाई महसुस गर्दै हामी अमेरिकासंग सम्वन्ध सुदृढ बनाउनु पर्ने कुरामा दृढ छौं,’ उनले भने ।

विश्लेषकहरु जय शंकरको भनाईले भारत सरकारले ट्रम्प सामु ‘आत्मसमर्पण’ गरिरहेको पुष्टि गरेको बताउंछन् । ट्रम्पको वास्तविक लक्ष्य चीन हो, भारत होइन । भारतलाई फकाएर होस्, धम्काएर होस्, उनी आफ्नो पन्जामा राख्न चाहान्छन् र भारतीय बजार कब्जा गर्न चाहान्छन् । किनकी अमेरिकी उत्पादनहरुले चीन र रुसको बजार लिन सहज छैन, जति भारतको बजार लिन सहज छ ।’

नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर चाइनिज स्टडीजका एसोसिएट प्रोफेसर अरविन्द येलारी भन्छन् । भारतलाई चीन र रुसको प्रभावबाट मुक्त गर्नको लागि ट्रम्पले सबै प्रयासहरु गर्न सक्ने बताउंदै शुरुमै दिएको धम्कीले भारत डराएपछि उनी ढुक्क भएको हुनसक्ने येलारीको भनाई छ ।

विश्लेषकहरु अर्काे महिना भित्र अमेरिका जाने तयारी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सका अन्य सदस्य राष्ट्रहरुलाई चिढाउने गरि अमेरिकासंग सम्झौता गरेमा आश्चर्य नहुने बताउंछन् ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 50 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल