डिप्रोक्स लघुवित्त वित्तीय संस्था द्वारा बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

रौतहट, १० फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, रौतहट शाखा द्वारा सदस्यहरूको क्षमता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ब्राखा पालन तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रम रौतहट जिल्लाको सिया प्यालेस सभा हलमा आयोजना गरिएको थियो ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस लघुवित्तीय वित्तीय संस्थाले ग्रामीण क्षेत्रका महिलाहरू र साना उद्यमीहरूलाई लक्षित गरी विभिन्न व्यावसायिक तथा आर्थिक सशक्तीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ग्रामीण समुदायको आर्थिक उन्नति र आत्मनिर्भरता वृद्धि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन तालिमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको अध्यक्षता शान्ती देवी यादवले गरेकी थिइन् भने प्रमुख अतिथि गौर नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष शिव शंकर यादव रहेका थिए । कार्यक्रम सञ्चालन मुकेश सर्राफले गरेका थिए ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको गौर शाखामा हाल ३ हजार २ सय जना सदस्यहरु रहेका छन् । शाखा बाट हालसम्म करिब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ । हाल रौतहट जिल्लामा गौर, गरुडा, चपुर, र कटहरिया गरी चार स्थानमा शाखा सञ्चालनमा रहेका छन् । देश भरि भने १४ करोड ४२ लाख सदस्यहरूले यस संस्थामा रकम जम्मा गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिव शंकर यादवले संस्थाको विकास, प्रगति, शाखाका सेवाहरू तथा व्यवसाय प्रवर्द्धनका लागि ब्राखा पालन, कुखुरा पालन, खसी पालन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । उनले लघुवित्तीय संस्थाहरू ग्रामीण भेगका जनताको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने महत्वपूर्ण साधन भएको उल्लेख गर्दै स्थानीय सरकार र निजी क्षेत्र मिलेर ग्रामीण विकासमा थप ध्यान दिनु पर्ने आवश्यकता औंल्याएका थिए ।

सो कार्यक्रममा प्रदेश प्रमुख जमिरी राय, कार्यक्रम संयोजक मुकेश साह, रामबाबू साह, संस्थाका सदस्यहरू, कर्मचारीहरू, पत्रकार तथा अन्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तालिम बाट नयाँ व्यवसायिक ज्ञान र सीप सिक्न पाएको अनुभव बाँडेका थिए । संस्थाले आगामी दिनमा अझ बढी सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 32 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 63 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 48 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 83 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-