वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ बैशाख । वीरगंज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग छलफल गरेको छ । महानगरपालिको व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली, र भवन नक्सा पास तथा यहाँको पर्यटकीय गतिविधि प्रवद्र्धन लगायतका विषयमा छलफल गरेको छ । छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिका भित्र संचालनमा रहेका होटल अनिवार्य रुपमा व्यवसाय दर्ता गराएर मात्रै संचालनमा ल्याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यसका साथै घर बहाल र सम्पत्ति कर समेत समयमै तिरी महानगरलाई समृद्ध बनाउन व्यवसायीको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

उहाँले महानगर व्यवसायमैत्री वातावरण बनाउन उद्दत रहेको भन्दै त्यसका लागि करको दायरा बढाउने र दरमा हेरफेर गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “महानगरले करको दायरा बढाउने नीति लिएको छ, तर त्यसका साथसाथै करको दर यथोचित बनाउने छौं । हामी व्यवसायीलाई थप बोझ होइन, सहजता दिने नीति लिएका छौं ।”यसका साथै हाल विभिन्न स्थानहरूमा पार्क निर्माण गर्नुका साथै शहरी सौन्दर्यकरणको काम गरिरहेको छ, जसले पर्यटकका लागि शहरलाई घुम्न योग्य र आकर्षक बनाउने अपेक्षा गरिएको पनि उहाँको भनाई छ । सिंहले आगामी नीति तथा कार्यक्रममा निजी क्षेत्र, विशेषतः होटल व्यवसायीहरूको सुझाव प्राथमिकताका साथ समेटिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले व्यवसाय दर्ता, कर प्रणाली र सेवाहरू डिजिटल बनाउन ‘एकद्वार सेवा प्रणाली’को तयारी भइरहेको जानकारी दिनुभयो ।होटल क्षेत्र महानगरको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उहाँले व्यवसायीहरूलाई सघाउन महानगर जहिल्यै तयार भएको बताउनुभयो । उहाँले आगामी नीति तथा कार्यक्रममा व्यवसायीहरूको सुझाव समावेश गरिने उल्लेख गर्दै व्यवसायमैत्री सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यस्तै छलफलमा सहभागि होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरु व्यवसाय दर्ता गरेर कानुनी रुपमा व्यवसाय संचालन गर्न तयार रहेको भन्दै त्यसका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी व्यवसायीहरू कानुनी रूपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न पूर्णतः तयार छौं । तर, दर्ता प्रक्रिया सरल र छिटो बनाइदिनुप¥यो । अहिलेको जटिल प्रक्रिया सुधारिए व्यवसाय दर्तामा कुनै समस्या हुँदैन ।’उहाँले थप्नु भयो, ‘महानगरको तर्फबाट हुने सकारात्मक पहल र सहजीकरणले व्यवसायीहरूलाई आत्मविश्वास दिएको छ र हामी महानगरसँग सहकार्य गर्न इच्छुक छौं ।’अध्यक्ष पन्तले पर्यटन प्रवद्र्धनमा संस्कृतिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै कल्चरल कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो ‘वीरगंजलाई पर्यटकीय गतिविधिमा चलायमान बनाउन सके होटल व्यवसायमा प्रत्यक्ष फाइदा पुग्नेछ । कल्चरल कार्यक्रम, मेलामहोत्सव, र गन्तव्य प्रवद्र्धनका क्रियाकलाप ल्याउन सके शहरको आर्थिक र सामाजिक गतिशीलता बढ्नेछ।’

यस्तै होटल व्यवसायी माधव वस्नेतले व्यवसायीहरूले व्यवसाय दर्ता गर्नुपूर्व धेरै चरण पार गर्नुपर्ने, कर प्रणाली बुझ्न कठिन हुने र नक्सापास प्रक्रियामा झन्झट हुने जस्ता व्यवहारिक समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गर्नुभयो । वीरगंज जस्तो व्यापारिक सहरमा व्यवस्थित होटल सेवा महानगरकै पहिचान बन्नुपर्नेमा छलफलका सहभागीहरूको जोड थियो । छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरब झा तथा यहाँ संचालित होटलका संचालकहरुको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 37 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि