वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ र अन्य सार्वजनिक स्थलहरूलाई पैदलयात्री तथा सवारी सञ्चालनका लागि सहज बनाउन सुरु गरिएको यस अभियानले अब निरन्तरता पाउने भएको छ ।

सोही अभियान अन्तर्गत सोमबार जगरनाथपुर वडा नम्बर २२ मा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे रूपमा थन्काएर राखिएको एउटा पुरानो रोलर हटाइएको हो । नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको सहायताले रोलरलाई ट्रकमा लोड गरी महानगरको डम्पिङ साइटमा स्थानान्तरण गरेको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिनु भयो ।

यसैगरी, बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका १/१ वटा पुराना बस र ट्रक पनि आजै हटाइएको छ। क्रेन प्रयोग गरी ती बस र ट्रकहरू पनि डम्पिङ साइटमा पु-र्याइएको छ। यसअघि गत बुधबार पनि बसपार्कबाट दुई वटा बेवारिसे बसहरू हटाइएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहले यस अभियानलाई निरन्तर अगाडि बढाइने स्पष्ट पार्दै भन्नुभयो, “हामीले पटक–पटक सार्वजनिक सूचना मार्फत यस्ता साधन हटाउन आग्रह गरेका थियौं । तर आग्रहको पालना नगरेपछि महानगर आफैंले नियन्त्रणमा लिएर हटाउन बाध्य भयौं ।

”महानगरपालिकाले सडक, फुटपाथ, चोक, पार्क, बसपार्क र अन्य सार्वजनिक स्थानहरूमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारी साधन तथा संरचनाहरूले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेको निष्कर्ष निकाल्दै ती हटाउने कार्यलाई प्राथमिकता दिएको हो ।

प्रमुख सिंहका अनुसार, वीरगंजलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक शहरमा रूपान्तरण गर्न यस्ता बाधक तत्वहरू हटाउनु आवश्यक भएको छ। “यो शहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगंजलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौं,” उहाँले भन्नु भयो ।

महानगरले अहिले ‘शून्य सहनशीलता’ को नीति अपनाउँदै सार्वजनिक स्थानहरूमा हुने लापरवाही र अतिक्रमणविरुद्ध कडा र स्पष्ट कदम चाल्ने चेतावनी पनि दिएको छ ।

यात्रुहरू, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा महानगर जुटिरहेको छ ।

महानगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यस्ता बेवारिसे तथा अव्यवस्थित संरचना तथा सवारी साधनहरू पहिचान गरी चरणबद्ध रूपमा हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।यो अभियानले वीरगंजको सडक क्षेत्रलाई खुला, सुरक्षित र व्यवस्थित बनाउँदै, शहरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 41 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 40 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 25 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 85 views