दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १८ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार वीरगञ्जको विभिन्न स्थानबाट श्रोत नखुलेको लाखौं रुपैंया सहित तीन जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिकाको वडा नं. १० मकालु चोक बाट पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष २६ को अनिल कुमार बर्णवाललाई श्रोत नखुलेको रु. ९ लाख ४७ हजार र बीरगंज महानगरपालिका कै वडा नं. ०८, लिंक रोड मा रहेको कृषि विकास बैंक बाट बीरगंज महानगरपालिका वडा नं. ०३, आदर्श टोल बस्ने वर्ष २३ को बिनिता कुमार श्रीवास्तवलाई श्रोत नखुलेको रु. १५ लाख ८१ हजार सहित पक्राउ गरेको छ ।

यसै गरि बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ४४ को दीपक कुमार सोनार लाई श्रोत नखुलेको रु. ३ लाख सहित बीरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक बाट ना. १६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल सहित पक्राउ गरि रु. २८ लाख २८ हजार रकम सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।









