नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज तथा हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगञ्ज, १६ श्रावण । नेशनल मेडिकल कलेज प्रा.लि., बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ ।

शुक्रबार नेशनल मेडिकल कलेजको दर्ता कार्यालय, बीरगञ्ज–१५ मा सम्पन्न भएको औपचारिक सम्झौता कार्यक्रममा अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास तथा प्रशासनिक अधिकृत बिश्वनाथ कान्त तथा हुलास आइरन इन्डस्ट्रीज लिमिटेड र हुलास इन्फ्राका तर्फ बाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल तथा लेखा विभागका प्रतिनिधि मनोज पारिख लगायतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीज/ हुलास इन्फ्रा का सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूको प्रत्यक्ष आश्रितहरू (बाबु–आमा, श्रीमान/श्रीमती र दुई जना सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन् । सामाजिक सुरक्षा कोष (SSF) अन्तर्गतका लाभार्थीहरूका लागि सामाजिक सुरक्षा कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर–SSF लाभार्थीहरूलाई विभिन्न छुटको व्यवस्था गरिएको छ ।

आपतकालीन अवस्थाहरूमा Guarantee of Payment (GOP) प्राप्त भएपछि तुरुन्त सेवा उपलब्ध गराइनेछ । औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सहमतिको हिस्सा रहेका छन् ।

सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ । दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 32 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 28 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 40 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 49 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ