दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ श्रावण । वडा प्रहरी कार्यालय, विर्ता ले विशेष सूचनाको आधारमा आईतबार साँझ करिब ०६:०० बजेको समयमा कटुवा पेस्तोल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त साँझ एक जना अपरिचित व्यक्तिले आफु संग कटुवा पेस्तोल साथमा लिइ सर्व साधारण व्यक्तिहरूलाई डर त्रास देखाउँदै हिडिंरहेको भन्ने सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वागाउँको मस्जिद नजिक वडा एरिया अन्तर्गत शंकाष्पदरूपमा हिंडिरहेकोमा त्यहाँ बाट प्रहरी निरीक्षक निरोज चौलागाईं को कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई कानूनी रित पुर्याइ खानतलासी गर्दा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०५, प्रसौनी भठ्ठा घर भइ हाल वीरगञ्ज महागरपालिका वडा नं.१६, ईनर्वागाउँ ससुरालीमा बस्दै आएको वर्ष ४० को साहेव खाँको साथबाट कटुवा पेस्तोल फेला परेकोले बरामद पेस्तोल सहित निज साहेव खाँलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ हातहतियार सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।








