नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज  उद्घाटन गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

उनले भने- ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन । उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि  योगदान दिनुहोस् ।’

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 32 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 22 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 24 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 24 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ