पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् ।

काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे ।

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले  हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलरूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरेकी थिइन् ।

  • Related Posts

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    काठमाडौँ । अमेरिकाका नौसेना सचिव जोन फेलनलाई पदबाट हटाइएको छ । पेन्टागनले छोटो विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको भए पनि हटाउनुको स्पष्ट कारण खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार…

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 20 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 5 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 17 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 16 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 114 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 16 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ