काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा अफगानिस्तानले युएईलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अफगानिस्तानले युएईलाई ३८ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको हो ।
युएईका लागि कप्तान मुहमद वासीमले सर्बाधिक ६७ रन बनाए भने राहुल गुप्ताले ५२ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर राशिद खान र शाराफुद्धीन अशरफले ३-३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्बाधिक ६३ रन बनाए भने सेडीक्कुल्लाह अटलले ५४ रन बनाएका थिए । त्यस्तै युएईका बलर मुहमद रोशिद र साघिर खानले २-२ विकेट लिएका थिए ।
जारी त्रिकोणात्मक सिरिजमा अफगानिस्तानको यो पहिलो जित हो । त्यस्तै युएईले भने यस सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ ।
अब सिरिज अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुने तालिका रहेको छ ।










