सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

काठमाडौँ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो ध्यानाकर्षण गराएको छ ।

महासंघले सामाजिक सञ्जाललाई सूचीकरण मार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाए पनि पूर्ण प्रतिबन्धले ल्याउन सक्ने नकारात्मक असरहरूप्रति सरकारलाई सचेत गराएको हो । नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासंघको भनाइ छ ।

महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन्- ‘सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युब जस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ ।’

यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिइन् । 

महासंघका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आय आजर्न गर्ने ठूलो संख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा देखिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासंघले जनाएको छ । 

अध्यक्ष पाण्डेले प्रतिबन्धलाई अन्तिम समाधानको रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्- ‘सम्पर्कमा नआएका तर यहाँ धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालको व्यवस्थापनका लागि सरकारले तत्कालै सम्बन्धित दूतावास मार्फत अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रत्यक्ष संवाद गर्नुपर्छ । स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क बिन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सके मात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुन्छ ।’

यस्तै क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भीपीएन र ओपन डीएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । 

महासंघले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यवहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ । उदाहरणका लागि, युरोपेली युनियनले डिजिटल सर्भिस एक्ट (डीएसए) र भारतले इन्टरमिडियरी गाइडलाइनमार्फत स्पष्ट सम्पर्क बिन्दु र कन्टेन्ट मोडेरेसन (सामग्री व्यवस्थापन) को कानुनी आधार तयार गरेको उल्लेख गर्दै नेपालले पनि त्यस्तै ढाँचा अपनाउनुपर्ने सुझाव महासंघले दिएको छ ।

सन्तुलित नियमनमार्फत मात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिने कुरामा क्यान महासंघले जोड दिएको छ । यो विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तर्राष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धता समेत महासंघले जनाएको छ ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 53 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 64 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम