वीरगंज नगरपरिषद बैठक द्वारा आन्दोलनमा सहादत भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित, क्षतिको विवरण संकलन हुँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३१ भाद्र । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागि बाट महानगरपालिकाको मुख्य भवन सहित विभिन्न संरचना जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार हालसम्म करिब १ सय १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै संकलन भइरहेको उल्लेख गर्दै उनले पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने बताए ।

यसै बीच नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ ।

बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ-आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठ मार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सँग पत्राचार गर्ने निर्णय नगरपरिषदले गरेको उनले जानकारी दिए ।गत सातादेखि वीरगंजमा जेनजी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो । यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो ।

आगलागि बाट कार्यालय कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री जलेर खरानी भएका थिए । प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ ।नगरपरिषदको बैठकले हालको असामान्य परिस्थितिमा वीरगंजलाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय सरकारी अस्पतालमा बिदाको दिन ओपिडी सेवा बन्द…

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति करिब ०९:५५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, लिंक रोड सडक…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 39 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 14 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 26 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 25 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 119 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 21 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ