ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले उनको परिवार र व्यवसायको बारेमा झूट फैलाएको बताउदै फ्लोरिडा राज्यमा यसविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले दशकौंदेखि आफुविरुद्ध ‘झूटा’ समाचार प्रकाशित गर्दै आएको बताएका छन् । यसले वामपन्थी दलहरूको भाषा लेख्छ भन्दै ट्रम्पले यो पत्रिकाले डेमोक्र्याटिक पार्टीलाई प्रवर्द्धन गर्ने गरेको बताएका छन् । यसले कमला ह्यारिसको समर्थनमा पहिलो पृष्ठमा एक लेख प्रकाशित गरेको थियो भने यो अमेरिका फर्स्ट मुभमेन्टविरुद्ध भएको उनले बताएका छन् ।

उनले लेखेका छन्- ‘पत्रिकाले भिडियो र कागजातहरू हेरफेर गरेर लामो समयदेखि अफवाह फैलाउँदै आएको छ । जुन गैरकानूनी हो । यो रोक्नुपर्छ । म यो गर्न गर्व गर्छु ।’ ट्रम्पको यो बयान न्यूयोर्क टाइम्सले ट्रम्प र कुख्यात फाइनान्सर जेफ्री एपस्टाइन बीचको सम्बन्धमा समाचार प्रकाशित गरेपछि आएको हो ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 62 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views