लोकप्रिय गायक मोतिराज खनाल २०८२ को सर्वोत्कृष्ट भजन गायकको उपाधी बाट सम्मानित

सरकारद्वारा मान्यता प्राप्त र नेपालकै पुरानो एवं प्रतिष्ठित बक्स अफिसद्वारा आयोजित म्युजिक अवार्ड २०८२ मा भजन विधामा कलाकार मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायक तथा सर्जक अवार्ड हात पारेका छन् ।

वरिष्ठतम् निर्णायक मण्डलको मूल्याङ्कनमा आधारित यस अवार्डमा कुनै पनि भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा छनोट गरिएको हो । खनालले आफूले गरेको कर्मको फल पाएको अनुभूति गर्दै अवार्डप्रति खुशी र गौरव व्यक्त गरेका छन् । गायक खनालले यसै वर्ष सुपा देउराली भजन गाएका थिय भजनको लोकप्रियता बढे सङ्गै सुपा देउरालीमा पर्यटकहरु ह्वात्तै बढेको सुपादेउराली अवलोकन गर्नेहरुले बताउने गरेका छन । यस भजनले पर्यटन र धार्मिक हिसाबले पनि अर्घाखाँचीको बिकाशमा टेवा पुग्ने आकलन गरिएको छ । सुपा देउराली भजन सार्वजनिक भएको केही दिनमै युटुव , टिकटक र फेसबुक रिल्समा भजनको लोकप्रियता ह्वात्तै बढेको थियो । यिनै गाएक मोतिराज खनालले सुपा देउरालीकी माई भजन बाट अवार्ड प्राप्त गर्नु अर्घाखाँचीको लागी र सुपा देउरालीको लागी गौरवको बिषय बनेको छ ।

यस वर्षको सर्वोत्कृष्ट भजनको रुपमा ‘सुपा देउराली भजन’ चयन भएको छ । सोही भजनमार्फत यसै भजनका निर्देशक सुरज खनालले समेत अवार्ड जित्न सफल भएका छन् । यस उपलब्धिमा उनले निर्देशक खनालसहित आफ्नो टिम सदस्यहरू शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ, एरेन्जर विश्वास नेपाल, प्राविधिक टिम तथा निरंजन ठाकुर फिल्म निर्माता तथा युवा बवसाई आर के गोल्डकपको सिइओ तथा समाजसेवी साथै धुर्व बस्नेत सुपा देउराली भजनका बिशेष सहयोगी समेतको उपस्थिति रहेको थियो ।

खनालले दर्शक–श्रोता, पत्रकार, मिडिया, गुरुजन, परिवार र शुभेच्छुकको मायाले नै आफूलाई यहाँसम्म ल्याएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् । अवार्ड निर्णायक मंडलमा रहेका बिशिस्ट व्याक्तित्वहरु लगायत बक्स अफिस इभेन्टका अध्यक्ष आर.के. सुवेदीको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । इभेन्टका अध्यक्ष आर के सुवेदी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ६ पटक नाम लेखाउन सफल व्यक्तित्व समेत हुन् ।१९ औ बिस्वकृतिमानी रामबहादुर ( Rk ) गोल्डकप २०८२ संस्करण पनि सोही अवसरमा भब्य सप्पन्न भएको हो । उक्त खेलमा डिफेन्सीङ च्याम्पियन (पुर्व बिजेता) सनराइज अजय एफ सि ले प्रथम उपाधी हात परेको हो । उपबिजेता बन्यो भैरव फुटसल भक्तपुर । फियर प्लेको टर्फी निकेश एफसी इटहरी लाई ।राष्ट्रिय महिला खेलाडी रेखा पौडेललाई प्रोत्साहन संमान गरिएको थियो । कार्यक्रममा तिज म्युजिक अवार्डको उत्कृष्ट पांच मनोनयन सार्वजनिक गरिएको थियो । यसै सस्थाका अध्यक्ष सुवेदीले प्रेस रिलिज पनि गर्ने बताएका थिए । आर के सुवेदीले कार्यक्रम समापन गर्ने क्रममा सम्पुर्ण अवार्ड बिजेता कलाकार तथा सहभागी टिमप्रती हार्दिक कृतज्ञता व्याक्त गर्दै कार्यक्रम सम्पन्न गर्न सबैको साथ रहेको बताएका थिय ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 61 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 73 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 95 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 86 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 88 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 111 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-