एशिया कपको फाइनलमा आज भारत पाकिस्तान भिड्दै

काठमाडौँ । भारत र पाकिस्तानबीचको एसिया कप २०२५ को फाइनल खेल आज दुबईमा हुदै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा यो खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि शुरु हुदैछ । 

यो प्रतियोगितामा यी दुई टोली आमनेसामने भएको तेस्रो पटक हुनेछन् । यसअघि भारतले एसिया कपको समूह चरण र सुपर फोर चरणमा आफ्नो कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको थियो र अब यो पाकिस्तानविरुद्ध जितको ह्याट्रिक हासिल गर्ने लक्ष्यमा हुनेछ । भारतको लागि यो सजिलो हुनेछैन, किनकि उपाधि खेलहरूमा पाकिस्तानविरुद्ध भारतको रेकर्ड राम्रो रहेको छैन ।

भारत र पाकिस्तान एशिया कपको फाइनलमा पहिलो पटक आमने सामने हुदैछन् । एसिया कप १९८४ मा सुरु भएको थियो । २०१६ मा, यो प्रतियोगिता पहिलो पटक टी-२० ढाँचामा खेलाइएको थियो । भारतीय टोलीले सबैभन्दा धेरै पटक एसिया कप जितेको छ । भारतले अहिलेसम्म आठ पटक एसिया कप जितेको छ । पाकिस्तानले दुई पटक मात्र उपाधि जितेको छ भने श्रीलंकाले छ पटक उपाधि जितेको छ । रोचक कुरा के छ भने, एसिया कपको ४१ वर्षे इतिहासमा, यसअघि भारत र पाकिस्तानले कहिल्यै फाइनलमा एकअर्कासँग सामना गरेका छैनन् ।

भारतीय टोलीले पछिल्ला दुई खेलमा पाकिस्तानमाथि प्रभुत्व जमाएको छ, तर यसले अत्यधिक आत्मविश्वासबाट जोगिनुपर्छ, जुन घातक साबित हुन सक्छ । पाकिस्तान यस प्रतियोगिताको शुरुमा फाइनलको दावेदार जस्तो देखिएको थिएन, तर उपाधिका लागि फाइनलमा पुगेको छ । भारत र पाकिस्तान बीचको कुनै पनि प्रतियोगिताको उपाधि खेलको रेकर्डलाई विचार गर्दा, यो खेल भारतको लागि सजिलो हुनेछैन । भारतीय टोली अपराजित रहँदै लगातार पाँच खेल जितेर फाइनलमा पुगेको छ । त्यस्तै पाकिस्तान भने समुह चरणमा र सुपर फोर दुवैमा भारतसँग पराजित भएको थियो भने अब फाइनलमा भारतसँग बदला लिने उपयुक्त समय रहेको छ ।

यस्तो अवस्थामा, फाइनल खेल रोचक हुने अपेक्षा गरिएको छ । भारतीय टोलीले यस खेलको लागि दुई परिवर्तन गर्न सक्छ । अर्शदीप सिंह र हर्षित राणाको स्थानमा शिवम दुबे र जसप्रीत बुमराह फर्कन सक्छन् । यसैबीच, पाकिस्तानले अपरिवर्तित रूपमा मैदान उत्रन सक्छ ।

दुवै टोलीका लागि सम्भावित प्लेइङ ११

भारत: सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, संजु सामसन (विकेटकिपर), तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, जसप्रीत बुमराह, हार्दिक पाण्ड्या/अर्शदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव ।

पाकिस्तान: साहिबजादा फरहान, फखर जमान, सैम अयुब, सलमान आघा (कप्तान), हुसेन तलत, मोहम्मद हरिस (विकेटकिपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफ्रिदी, हरिस रौफ, अबरार अहमद ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 63 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 70 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 77 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 99 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 90 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-