पोखरिया नगरपालीका द्वारा बाढी पिडीतहरुलाई राहत वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ असोज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०५, सतवरियामा रहेको दलित बस्तीका ७५ जना बाढ़ी पीड़ितको घर परिवारमा खाने, बस्ने, सुत्ने ब्यबस्थाको साथै चामल, दाल, नून, तेल प्याज आलु ,सोयाविन ,तरकारी, मसाला, त्रिपाल सहित राहत सामग्री वितरण गरियको छ ।

दुई दिन देखी परेको अविरल वर्षाका कारण सतवरिया स्थित रहेको दलित बस्ती पूर्ण रूपमा डुबानमा परी जनजीवन अस्त व्यस्त कष्टकर बनेको थियो । खुला आकाश मुनी बसेर रात कटाई रहेको बाढी पीड़ितलाईं जन जीवन सामान्य बनाउंन नगरपालिकाले राहत सामग्री वितरण गरेको पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताएका छन् ।

नगर प्रमुख चौहानका अनुसार बाढी पीड़ित लाईं कुनै किसीमको असुविधा भएमा वा कुनै काम का लागी आवश्यक परेमा तत्काल उदार तथा थप राहतका लागी त्यार रहन नगर प्रहरी, विपत् व्यवस्थापन शाखा, जिंसी शाखाका कर्मचारीहरुलाई निर्देशन दीदै लापरवाही भए कड़ा कारवाही गरीने चेतावनी पनि दिएका हुन ।

राहत वितरण कार्यक्रम वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा भयको कार्यक्रममा वडा सदस्य पन्नालाल राम, पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह,प्रशासन शाखा प्रमुख संजय कुमार पाण्डेय, विपत ब्यवस्थापन शाखा प्रमुख राजेश पटेल, जिंसी सहायक भगवान प्रसाद कानू, शिक्षा शाखा सहायक लालन पटेल, स्वास्थ्य शाखा सहायक शिव पटेल, नगर प्रहरी दीनानाथ चौरसिया, दिनेश चौहान , इलाका प्रहरी कार्यालय पोखरियाको प्रतिनिधि, शास्त्र प्रहरी सुरक्षा बेस पोखरियाका प्रतिनिधि, स्थानीय मंगल साह कानू,टायसन यादव, गाया साह कानू, लालाबाबू प्रसाद चौहान, नंदकिशोर प्रसाद चौहान लगायातका ब्यक्ति समाज सेवी तथा बुद्धिजीवीहरुको उपस्थितिमा राहत वितरण गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 42 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 86 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 60 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 94 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 83 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 139 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-