कांग्रेस केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक दुई दिन पछि सारेको छ । आइतबार असोज २६ का लागि बोलाइएको बैठक असोज २८ मा हुने बताइएको छ ।

कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय नभएकाले आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा शुक्रबारदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि सामेल गराइएको थियो ।

कांग्रेसमा जेनजी आन्दोलनपछि महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ । महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान चलाएर विशेष महाधिवेशनको माग समेत गरिरहेको अवस्थामा यस बैठकले महाधिवेशन बारे ठोस निर्णय गर्ने बताइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 1 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 11 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 19 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार