गगन थापाको अपिल- तीन दलका प्रमुख तीन नेतालाई बिदाई गरौं

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख तीन नेतालाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेतालाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।

महामन्त्री थापाले १० वर्ष शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालै पालो प्रधानमन्त्री पद लिइरहेको कारण आजको समस्याको प्रमुख कारण भएको बताएका छन् । आफुलाई कांग्रेसको एक कार्यकर्ताले भनेको कुरा राख्दै महामन्त्री थापाले भने- ‘अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ ।’

अहिले टेक्निकल कुरा देखाएर शिर्ष नेताहरु पनि नहटेको र आफुहरुले हटाउन पनि नसकेको बताएका छन् । उनले आफ्ना नेताहरुलाई सम्मान गरेर तिनै दलका प्रमुख तीन नेतालाई हटाउन प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले जेनजी समुहका युवाहरुलाई पनि संवाद गर्न आग्रह गर्दै निर्वाचनको विकल्प नभएको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 11 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 9 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 22 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 27 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता