यी हुन हमासले रिहा गरेका २० बन्धक

काठमाडौँ । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।

हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय  रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो ।  

पहिलो चरणमा उत्तरी गाजाबाट माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै हमासले दक्षिणी गाजाबाट छोडेका १३ बन्धकमा ३६ बर्षिय एल्काना बोहबोट, २१ बर्षिय रोम ब्रास्लाव्स्की, २१ बर्षिय निम्रोद कोहेन, ३५ बर्षिय डेभिड कुनियो, २८ बर्षिय एरियल कुनियो, २४ बर्षिय इभ्यातार डेभिड, ३७ बर्षिय म्याक्सिम हर्किन, ३९ बर्षिय इटान हर्न, २७ बर्षिय सेगेभ क्याल्फन, २३ बर्षिय बार कुपरस्टेन, २५ बर्षिय योसेफ-चैम ओहाना, ३२ बर्षिय अविनाथन वा र  २५ बर्षिय मतन जङ्गाउकर रहेका छन् ।

हमासले आफुहरुसँग भएका जीवित बन्धक सबै हस्तान्तरण गरेको जानकारी गराएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । नेपाली युवा विपिन जोशी भने जीवित नभएको इजरायली सेनाले परिवारलाई जानकारी गराएको इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले जानकारी गराएका छन् । यद्यपी विपिन जोशीका परिवारले  विपिन फर्किनेमा आफुहरु आशावादी रहेको बताएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल