दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०२ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले शनिबार दिउँसो ०३:०० बजेको करिब १२ लाख मूल्य बराबरको विभिन्न किसिमका पटका हरु नष्ट गरेको छ ।
नियमित चेक जाँच गर्ने क्रममा विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले विभिन्न मितिमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएका वेवारिसे पटाकाजन्य पदार्थहरू स्थानीय जनप्रतिनिधी तथा संचारकर्मीहरूको रोहबरमा कार्यालय परिषर भित्र नष्ट गरिएको छ ।








