प्रतिवन्धित लागु औषध गाँजा सहित अठराहाँ काअंसारी पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ कार्तिक । दशकौं देखि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल ले गर्न नसकेको काम आज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं मा गुल्मपति को रुपमा भर्खरै आउनु भएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गरेर देखाउनु भएको छ ।

हुन त लगभग दुई किलो ग्राम प्रतिवन्धित लागु औषध गाँजा कुनै खास अर्थ नराखे पनि सबै भन्दा ठूलो कुरा भनेको जुन ठाउँमा प्रस्तावित सीमा सुरक्षा गुल्म छ, कारोबारी पनि त्यहीँ का हुन् । प्रारम्भिक अनुसंधानको मुताबिक निज अंसारी विगत ३० वर्ष देखि लागू औषधको कारोबार मा पूर्ण रुपमा सक्रिय रहँदै आएका थिए र उनी पर्सा कै विभिन्न गाउँहरू बाट गाँजा खरिद गरि भारतको विभिन्न स्थानहरूमा लगि बिक्री गर्ने गरेका थिए ।

समय समयमा पर्सा का विभिन्न नाका परिवर्तन गरि आफ्नो कारोबारलाई व्यवस्थित तरिकाले गर्दै आएका थिए तर आफ्नो नजिक रहेको कारण बढीमा अलौं नाका नै प्रयोग गर्दै आएका थिए । जुन आज पहिलो पटक सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले विफल बनाई दिएका छन् ।

उनलाई बिहीबार बिहान करिब ०८:५० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. १७, अलौ पोष्ट नजिक पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा ०५ जनाको गाडी मोबाईल टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ साईकलमा जाँदै गरेको विरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ बस्ने अंदाजी वर्ष ७४ का ईस्लाम मियाँ अन्सारीले बोकेको झोलामा १ किलो ९ सय ८५ ग्राम गाँजा फेला परेको हुँदा साईकल सहित निजलाई नियन्त्रणमा लिई प्रवडा प्रहरी कार्यालय, श्रीपूरमा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक बिश्व राज योञ्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 68 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल