मॉरिसस मा अप्रवासी दिवसको अवसरमा भारत–मॉरिसस मैत्री समारोह सम्पन्न-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १७ कार्तिक । मॉरिससमा अप्रवासी दिवस ०२ नोवेम्वर मा धुमधामका साथ सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित विशेष समारोहमा भारत–मॉरिसस मैत्री संघका सचिव, मानवाधिकार टुडे का अध्यक्ष एवं प्रधान सम्पादक तथा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशिभूषण कुमारले सन्देश पठाउँदै भने —“१९१ वर्षअघि ३६ जना बिहारी मजदुर बनेर गए र सुनौलो देश मॉरिसस बसाए, यो भारतका बिहारवंशीहरूको असाधारण मेहनतको परिणाम हो ।

”कार्यक्रम अप्रवासी घाटमा डा. सरिता बुद्धूको अध्यक्षतामा सम्पन्न भएको थियो । डा. बुद्धूले आफ्नो सम्बोधनमा भनिन्, “यो दिवस १९१ वर्षअघिको त्यो ऐतिहासिक क्षणको स्मरण हो, जब भारत बाट गिरमिटिया मजदुरहरूको पहिलो जत्था मॉरिसस पुगेका थिए । हिन्द महासागरमा भारतका बिहार वंशीहरूको बसोबासले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई झल्काउँछ ।

”कार्यक्रममा मॉरिससका प्रधानमन्त्रीले समेत उपस्थित भई डा. सरिता बुद्धू द्वारा आयोजित समारोहको प्रशंसा गर्नु भयो।मॉरिससमा अहिले करिब १२ लाख जनसंख्या छ, जसमा ७० प्रतिशतभन्दा बढी भारतीय मूलका नागरिक रहेका छन् ।

मॉरिससको संस्कृति, भाषा र परम्परामा भारतका बिहारको स्पष्ट झल्को देखिन्छ । भोजपुरी भाषा र हिन्दू धार्मिक परम्पराहरू यहाँको दैनिक जीवनको अभिन्न अंश हुन् ।मॉरिससका पहिलो प्रधानमन्त्री सर शिवसागर रामगुलाम पनि भारतको बिहार राज्य, भोजपुर जिल्लाका वंशज हुन् ।

ऐतिहासिक तथ्य अनुसार, सन् १८३४ मा भारतमा अकाल र भोकमरीका कारण ब्रिटिश सरकारले ‘गिरमिटिया प्रणाली’ सुरु गरेको थियो । त्यस अन्तर्गत मजदुरहरूलाई ऋणको सट्टामा मॉरिसस र अन्य ब्रिटिश उपनिवेशहरूमा पठाइन्थ्यो ।

१० सेप्टेम्बर १८३४ मा कलकत्ता बाट एटलस नामक जहाजमा ३६ जना मजदुरहरूको पहिलो समूह पठाइएको थियो, जुन २ नोभेम्बरमा मॉरिसस पुगेका थिए । यी सबै मजदुरहरू बिहारका थिए र उखु खेतमा काम गर्न ल्याइएका थिए ।

पछि यो श्रृंखला बढ्दै गयो र सन् १८३४ देखि १९१० सम्म करिब साढे चार लाख भारतीय मजदुरहरू मॉरिसस पुगे । आज पनि जहाँ ती पहिलो भारतीय मजदुरहरू ओर्लिएका थिए, त्यही स्थानलाई “अप्रवासी घाट” भनिन्छ — जुन अब मॉरिससमा भारतीय समुदायको संघर्ष र योगदानको प्रतीक स्थल बनिसकेको छ ।

हरेक वर्ष २ नोभेम्बरमा त्यही स्मरणमा अप्रवासी दिवस मनाइन्छ । ब्रिटिश शासनले मजदुरहरूलाई पाँच वर्षपछि भारत फर्कने अनुमति दिएको भए पनि व्यवहारमा तिनीहरूलाई फर्कन दिइएन । पछि उनीहरू स्थायी रूपमा त्यही बसोबास गर्न थाले र उनीहरूका सन्तानहरूले आजको मॉरिसस निर्माणमा ठूलो योगदान दिएका छन् ।

१९३१ सम्ममा देशको ६८ प्रतिशत जनसंख्या भारतीय मूलको भइसकेको थियो ।भारत बाट आएका गिरमिटिया मजदुरहरू मध्ये रामगुलाम परिवार पनि थियो । मोहित रामगुलाम सन् १८९६ मा बिहार बाट मॉरिसस गएका थिए । उनका छोरा शिवसागर रामगुलामले इंग्ल्याण्डमा अध्ययन गरी फर्किएपछि स्वतन्त्रता आन्दोलनको नेतृत्व गरे र सन् १९६८ मा मॉरिसस स्वतन्त्र भएपछि पहिलो प्रधानमन्त्री बने ।

उनीहरूले देशमा निःशुल्क शिक्षा र सामाजिक सुधार जस्ता महत्वपूर्ण कार्यक्रमहरू लागू गरे ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 79 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 87 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 133 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-