प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गरे- जनार्दन शर्मा

काठमाडौं । माओवादी नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए ।

उनले भने- ‘माओवादी आयोजक समितिको रूपमा रहेको थियो । तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो । आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो । तर, महाधिवशेन टार्नलाई एकताको नाटक गरियो ।’

साथै शर्माले प्रचण्डले आफ्नो स्वार्थकेन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको आरोप लगाए । उनले भने- ‘यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ ।’

शर्माले आफुहरुले नयाँ पार्टी नखोल्ने भन्दै ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन् । उनले यस अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

शर्माले समर्थक र कार्यकर्ताको दुरुपयोग गरिएको भन्दै त्यसमा आफुहरुको पनि केगल्ती कमजोरी रहेको भन्दै क्षमा मागेका छन् । शर्माले नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहेको भन्दै भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा सरिक हुने बताए ।

शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र राम कार्की र अन्जना विशंके पनि उपस्थित थिए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 78 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 73 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 79 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 101 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-