वीरगंज-१८, भवानीपुरमा आज बाट संचालनमा आयो बर्थिङ सेन्टर-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०४ पौष । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आज देखि बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमका बीच उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै महानगर प्रमुख सिंहले बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेगका बासिन्दालाई समेत सहज र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो ।

‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले भन्नुभयो, ‘यसले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्नेछ ।

’महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन सहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले यस केन्द्र बाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसै गरी वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने र यसले स्थानीय नागरिकलाई ठूलो सहजता ल्याएको बताउनुभयो ।‘यसअघि गाउँघरमा सुत्केरी ब्यथा लागेपछि रातबिरात वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘राति एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पुर्याउनु निकै कठिन हुन्थ्यो । अब वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस समस्याबाट ठूलो हदसम्म छुटकारा मिल्नेछ ।

’आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि आजबाट बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला (ल्याब), स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

यसअघि नै वीरगंज महानगरपालिकाले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ । वडा नं. २८ मा रहेको बगही स्वास्थ्य केन्द्रमा २ जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा प्रवाह हुने गरी स्तरोन्नति भइसकेको छ ।

वीरगंज बजार क्षेत्रमा भने नारायणी अस्पताल लगायत विभिन्न निजी अस्पताल तथा क्लिनिकहरूले विशेषज्ञ चिकित्सकहरु मार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन् । महानगरपालिकाले शहर सँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको हो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 79 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views