खेलाडीले मादक पदार्थ र भेप सेवन गरेको भन्दै इङल्याण्डको क्रिकेट टिम नयाँ विवादमा

एसेज सिरिजमा लज्जास्पद हार बेहिरेको इङल्याण्डको क्रिकेट टिम नयाँ विवादमा फसेको छ । सामाजिक सञ्जालमा इङल्याण्डका खेलाडीहरु मादक पदार्थ सेवन गर्दै गरेको भन्दै भिडियो भाइरल भएपछि विवाद बढेको हो ।

क्रिकेटर बेन डकेट र युवा अलराउन्डर ज्याकब बेथेल मादक पदार्थ सेवन गरेको अवस्थामा देखिएपछि इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले अनुसन्धान थालेको बताएको छ । यद्यपी यी भिडियोको आधिकारिकता पुष्टि हुन भने बाँकी छ ।

भिडियोमा, बेन डकेट अष्ट्रेलियामा रहेको आफ्नो होटल जाने बाटो बिर्सेर अलमल्लमा परेको दाबी गरिएको छ । त्यस्तै भिडियोमा एक व्यक्तिले उनलाई प्रशिक्षण मैदानमा पुग्नको लागि ट्याक्सी चाहिन्छ भन्दै मजाक गरेको देखिएको छ । ज्याकब बेथेलसँग सम्बन्धित धेरै भिडियोहरू पनि भाइरल भएका छन्, जसमा एउटामा उनलाई नाइटक्लबमा नाचिरहेको र अर्को क्लिपमा उनलाई भ्यापिङ गरिरहेको देखाइएको छ । 

दोस्रो र तेस्रो एशेज टेस्टको बीचमा इङल्याण्डको टोलीले अष्ट्रेलियाको नुसामा विश्राम लिएको थियो । यी भिडियोहरू देखा पर्दा खेलाडीहरूले ब्रेकको दुरुपयोग गरेको भन्दै प्रश्न उठेको छ । इङल्याण्डको पुरुष टोलीका प्रबन्ध निर्देशक रोब कीले बोर्डले यी रिपोर्टहरूको अनुसन्धान गर्ने बताएका छन् । 

आलोचना बढेपछि बोर्डले भनेको छ-  ‘हामी सामाजिक सञ्जालमा प्रसारित सामग्रीको बारेमा सचेत छौं । खेलाडी व्यवहारको लागि हामीसँग उच्च अपेक्षाहरू छन् । यदि आचरण मापदण्डभन्दा कम भएको पाइयो भने हामीसँग स्पष्ट प्रक्रिया छ । तथ्यहरू हाल अनुसन्धान भइरहेको छ, त्यसैले हामी थप टिप्पणी गर्ने छैनौं ।’

इङल्याण्डको मैदानमा प्रदर्शन पनि निराशाजनक रहेको छ । अस्ट्रेलियाले ११ दिनको खेलमै एशेज ३-० ले जितेको छ । एसेज सिरिजमा इङल्याण्डको टोलीले तीनै मोर्चा नेतृत्व, अनुशासन र निर्देशनमा गम्भीर प्रश्नहरूको सामना गरिरहेको छ ।

एसेज सिरिजको चौथो खेल डिसेम्बर २६ देखि बक्सिङ डे टेस्ट मेलवर्नमा हुदैछ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 117 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-