नेशनल मेडिकल कलेज द्वारा डीन शर्मा र क्याम्पस प्रमुख उप्रेती सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ पौष । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन , त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । यसै अवसरमा नेशनल मेडिकल कलेजभित्र नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटन समेत गरिएको छ ।उक्त कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती अतिथि सम्माननीयको रूपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी, कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा प्रमुख अतिथि, अतिथि सम्माननीय र अध्यक्षद्वारा संयुक्त रूपमा पानस प्रज्वलनमार्फत गरिएको थियो । स्वागत मन्तव्य कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गर्नुभएको थियो ।

यस अवसरमा वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।सम्मान कार्यक्रम अन्तर्गत प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा तथा अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाबीचको सहकार्य तथा स्वास्थ्य सेवा सुधारका विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको धन्यवाद ज्ञापन कलेजका उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिनुभएको थियो ।

यस कार्यक्रमले नेशनल मेडिकल कलेज र राष्ट्रियस्तरका शैक्षिक तथा स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 39 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 57 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ