एनआरएनए एनसीसी यूएसएले भन्यो- खेलकुदमन्त्री गुप्तालाई निमन्त्रणा पठाएका छैनौं

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृतिको विवादमा नयाँ मोड आएको छ । 

मन्त्री गुप्ताको अमेरिका भ्रमणको निमन्त्रणा गरेको भनिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको स्पष्ट गरेको छ । एनआरएनए एनसीसी यूएसएका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरी आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै कार्यक्रम आयोजना नगरिएको स्पष्ट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराएको छ ।’

साथै एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि सञ्चालन भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा जनाएको छ ।

नागरिक सरकारमा बसेर पार्टीको राजनीति गरिरहेको आरोप लागेपछि राजीनामा दिने दबाबमा रहेका मन्त्री गुप्ताले पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकमा आफ्नो अमेरिका भ्रमण स्वीकृत गराएका थिए । उनले अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ भन्ने कार्यक्रममा सहभागी हुन जाने भन्दै भ्रमण स्वीकृत गराएका थिए ।

  • Related Posts

    म्यानमारबाट तीन नेपालीको उद्धार

    म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका…

    काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

    काठमाडौँ महानगरले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 63 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 103 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 22 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 18 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 46 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 25 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत