नासाको चेतावनी: पृथ्वी नजिकै २५ हजार एस्टेरोयड, आधाभन्दा बढी अझै अज्ञात

नासाले पृथ्वी नजिक करिब २५ हजार मध्यम आकारका एस्टेरोयड (क्षुद्रग्रह) परिक्रमा गरिरहेको चेतावनी दिएको छ । तीमध्ये आधाभन्दा बढीको पहिचान र अवस्थाबारे अझै स्पष्ट जानकारी नभएको जनाइएको छ । यस्ता एस्टेरोयडले कुनै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

नासाको प्लानेटरी डिफेन्स विभाग प्रमुख केली फास्टले अमेरिकन एसोसियसन फर द एडभान्समेन्ट अफ साइन्सको कार्यक्रममा बोल्दै ‘हामीलाई थाहा नै नभएका एस्टेरोयड नै सबैभन्दा ठूलो चिन्ताको विषय हुन्’ भन्ने बताइन्। उनका अनुसार अत्यन्त साना र अत्यन्त ठूला वस्तुहरू ट्र्याक गर्न सकिए पनि करिब १४० मिटर आकारका ‘सिटी-किलर’ एस्टेरोयड अझै निगरानीबाट बाहिर छन् । यिनले विश्वव्यापी विनाश नगरे पनि क्षेत्रीय तहमा ठूलो तबाही मच्चाउन सक्ने चेतावनी दिइएको छ ।

अनुमानअनुसार यस्ता २५ हजारमध्ये हालसम्म करिब ४० प्रतिशत मात्र पहिचान गरिएको छ ।

यसैबीच जोन होपकिन्स युनिभर्सिटीकी वैज्ञानिक डॉ. नैन्सी चाबोटले पनि जोखिमप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले सन् २०२२ मा नासाको डार्ट मिसनको नेतृत्व गरेकी थिइन् । उनका अनुसार १४० मिटर आसपासका ५० प्रतिशतभन्दा बढी एस्टेरोयडको अवस्थाबारे अझै जानकारी अपूर्ण छ ।

नासाले हाल अचानक पृथ्वी तर्फ आउने एस्टेरोयडलाई मोड्न वा नष्ट गर्न सक्षम सक्रिय प्रविधि पूर्ण रूपमा तयार नभएको स्वीकार गरेको छ । यस्तो आपतकालीन अवस्थाका लागि पर्याप्त लगानी र तयारीको अभाव रहेको पनि उल्लेख गरिएको छ । तत्काल प्रक्षेपण गर्न मिल्ने वैकल्पिक अन्तरिक्षयान ‘स्ट्यान्डबाइ’ मा नरहेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन् ।

विशेषज्ञहरूका अनुसार क्षुद्रग्रहहरू सूर्यको परिक्रमा गर्ने खगोलीय पिण्ड हुन् । तिनको निगरानी, पहिचान र प्रतिरक्षा प्रणाली सुदृढ नगरे भविष्यमा पृथ्वीका लागि गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी दिइएको छ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 53 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 64 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम