दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमा फर्किएका छन्। उनीसँगै भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत तथा अन्य कार्यकर्ताहरूले पनि पार्टी पुनः प्रवेश गरेका छन्।

भण्डारी एमाले दोलखाको दुई कार्यकाल अध्यक्ष रहिसकेका छन्। साथै उनी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा पूर्व जिल्ला विकास समिति (जिविस) उपसभापति समेत भइसकेका नेता हुन् ।

सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत भण्डारीसहितका नेताहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू रचना खड्का र श्यामकुमार बस्नेत, साथै संस्थापक नेताद्वय जीतवीर लामा र लालकुमार केसीलगायत जिल्लाका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले दोलखामा एमालेलाई पहिलो शक्ति बनाउन सबै नेता-कार्यकर्तालाई सक्रिय हुन आह्वान गरे। उनले विभाजन र अन्तर्विरोधलाई अन्त्य गर्दै एकताको सन्देशसहित जनतामाझ जानुपर्ने बताए ।

आगामी निर्वाचनमा पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भण्डारीले दोलखाको विकास र स्थायित्वका लागि एमालेको जीत आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

चार वर्षअघि एमाले विभाजनपछि भण्डारी नेकपा (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यको भूमिकामा रहेका थिए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 63 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची