दलीय राजनीतिबाट अलग भए रविन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनले आजदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

मिश्रले आफ्नो निर्णय कुनै निराशा वा हतारमा नभई लामो सोचविचारपछि लिएको बताएका छन् । देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउन पार्टी बारम्बार असफल भएको भन्दै त्यसको जिम्मेवारी आफूले पनि लिएको उल्लेख गरेका छन् ।

उनले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र देशभित्र देखिएका चुनौतीबीच राष्ट्रको भविष्य सुरक्षित गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

मिश्रले पार्टीबाट अलग भए पनि राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने बताएका छन् । उनले अब केही समय गैरदलीय रूपमा आफ्ना विचार र धारणा सार्वजनिक गर्दै अघि बढ्ने जानकारी दिएका छन् ।

पछिल्ला करिब नौ वर्षको राजनीतिक यात्रामा देश र राजनीतिक रूपान्तरणका लागि आफूले इमानदार प्रयास गरेको उल्लेख गर्दै उनले राष्ट्रभन्दा माथि व्यक्तिगत स्वार्थ नराख्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ दिने देशभित्र र बाहिर रहेका नेपाली तथा पार्टीका नेता-कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै हालैको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौँ- १ बाट राप्रपाको उम्मेदवार बनेका मिश्रले ३९७२ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 16 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 21 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 22 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 19 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 22 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम