निर्वाचन प्रहरीको गरियो बिदाई

प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै आज निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ । 

निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि ७७ जिल्ला बाटै बिदाई गरिएको छ ।

यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रूपैयाँ तलब दिइएको छ भने उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् ।  निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाएका छन् भने पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ ।

निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 29 views
    • April 25, 2026
    • 23 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 24 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 23 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 26 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 23 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !