नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम आज नेशनल मेडिकल कलेजको कन्फरेन्स हलमा आयोजना गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो । उक्त कपडा प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हातबाट वितरण गरिएको थियो ।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा का विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ प्रशासक विश्वनाथ कान्त र मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।यस कार्यक्रममार्फत विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आइरहेको छ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 60 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views