बहाल कर संकलन व्यवस्थित बनाउन वीरगंज महानगरको पहल, गर्यो सरोकारवालाहरु सँग छलफल-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ चैत । वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा प्यान नम्बर स्थानीय तहबाटै जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ ।

महानगर प्रमुख राजेश मान सिंहको अध्यक्षतामा बसेको बैठकमा बहाल कर संकलनलाई प्रभावकारी बनाउने र कर प्रशासनलाई व्यवस्थित गर्ने विषयमा छलफल गरिएको हो ।

बैठकमा महानगर प्रमुख सिंहले बहाल कर संकलन गर्ने एकल अधिकार स्थानीय सरकारको भए पनि उक्त कर अहिले संघ सरकार मातहत रहेको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने परिपाटीका कारण स्थानीय तहको राजश्व गुमिरहेको बताउनुभयो ।

उहाँले संविधानले स्थानीय तहलाई दिएको अधिकार अनुसार बहाल कर महानगरपालिका मै बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बैठकमा आन्तरिक राजश्व कार्यालय, वीरगंजका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको बताउनु भयो ।

करदाता सेवा कार्यालय खारेज भए पछि स्थानीय तह बाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो ।

छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिका बाटै प्यान नम्बर जारी गर्ने सम्भावना बारे छलफल भएको हो ।

बैठकमा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवा मैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायी बीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।…

    पहिलो

    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    • April 30, 2026
    • 11 views
    वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    • April 30, 2026
    • 2 views
    रोनाल्डो र कोम्यानको गोलमा अल नासर विजयी

    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    • April 30, 2026
    • 2 views
    कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 14 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 13 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 17 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध