बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशको संसदले बुधबार कडा कानुन पारित गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगमाथि लगाइएको प्रतिबन्धलाई कानुनी मान्यता दिएको छ । अब उक्त पार्टीलाई औपचारिक रूपमा प्रतिबन्धित संगठन घोषणा गरिएको छ ।

गृह मन्त्री सलाहुद्दीन अहमदले संसदमा विधेयक प्रस्तुत गर्दै यो कानुन ‘नरसंहार र आतङ्ककारी गतिविधिमा संलग्न’ संस्थामाथि कारबाहीका लागि ल्याइएको बताए । उनले प्रत्यक्ष रूपमा आवामी लिगको नाम नलिए पनि कानुन सोही पार्टी लक्षित रहेको स्पष्ट देखिएको छ । यो व्यवस्था यसअघि लागू गरिएको आतङ्कवादविरुद्धको ऐनमा संशोधन गरेर ल्याइएको हो ।

नयाँ कानुन लागू भएसँगै आवामी लिगको निर्वाचन आयोगमा रहेको दर्ता स्थायी रूपमा खारेज हुने भएको छ । अब पार्टीले चुनावमा भाग लिन पाउने छैन भने कुनै पनि राजनीतिक गतिविधि सञ्चालन गर्न पनि प्रतिबन्ध लगाइएको छ । साथै, पार्टीको समर्थनमा सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा अभिव्यक्ति दिनु, जुलुस निकाल्नु वा भाषण गर्नु पनि अपराध मानिने व्यवस्था गरिएको छ ।

यस विधेयकको संसदभित्रैबाट समेत विरोध भएको छ । प्रमुख विपक्षी जमात–ए–इस्लामीका नेता शफीकुर रहमानले विधेयकमाथि थप छलफलका लागि समय माग गरेका थिए ।

प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश नेशनालिष्ट पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत ल्याएपछि आफ्नो पुरानो प्रतिद्वन्दी दल आवामी लिगमाथि प्रतिबन्ध लगाउने कानुन ल्याएको आरोप लगाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि यस कदमको आलोचना सुरु भएको छ । संयुक्त राष्ट्रका मानवअधिकार अधिकारीहरूले ठूलो राजनीतिक दललाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु लोकतन्त्रका लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । संवैधानिक विज्ञहरूले समेत यस्तो निर्णयले लोकतान्त्रिक प्रणालीमा नकारात्मक असर पार्न सक्ने बताएका छन् ।

यसैबीच, शेख हसिना हाल भारतमा शरण लिइरहेकी छन्। बंगलादेशको एक विशेष अदालतले उनको अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइसकेको छ । नयाँ सरकार बनेपछि पुराना सत्तासँग नजिक रहेका व्यक्तिमाथि पनि कारबाही तीव्र पारिएको छ । हालै पूर्व सभामुख शिरीन शर्मिन चौधरीलाई समेत हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 111 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 111 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 87 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 109 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 73 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 99 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-