वीरगंजको वडा नं. ८ ले पायो आफ्नै सुविधा सम्पन्न भवन, महानगर प्रमुख सिंह द्वारा समुद्घाटन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २७ चैत । वीरगंज महानगरपालिका वडा नं.८ को नवनिर्मित वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नु भएको हो ।महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । सो टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न गरेको हो ।

निर्माण सम्पन्न भएसँगै अब वडा कार्यालयले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । नवनिर्मित भवन दुई तले पक्की संरचनामा तयार गरिएको छ । यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए ।

अब भने नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताउनुभयो ।

उहाँले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views