दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २३ वैशाख । ईलाका प्रहरी कार्यालय, ठोरीले सोमबार दिउँसो करिब ०४:२० बजेको समयमा ठोरी गाउँपालिका कै वडा नं. ०१, चौतारा चोक बाट भारी मात्रामा प्रतिवन्धित लागु औषध जस्तै देखिने Laborate लेखिएको क्याप्सुल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्की का अनुसार उक्त दिन त्यहाँ बाट खटिएको नियमित चेकिङ प्रहरी टोलीले ठोरी बाट चितवन तर्फ जाँदै गरेको बा. प्र. ३-००१ ख २६०४ नम्बरको सार्बजनिक बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ०८, बस्ने वर्ष १९ को विश्वास परियारलाई नियन्त्रणमा लिइएको हो ।
निजले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइ छिपाइ राखिएको कालो प्लाष्टिक भित्र Laborate लेखिएको निलो रंगको लागु औषध जस्तो देखिने क्याप्सुल २ सय २५ पिस र वाँया खल्तीमा २ सय ५० पिस गरी जम्मा ४ सय ७५ पिस क्याप्सुल फेला परेकोले बरामद लागु औषध सहित नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी कार्कीले बताएका छन्।







