भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०२ असार: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले जुन १६, २०२६ मा चितवन जिल्लाको भरतपुरमा रहेको नारायणी नदीको किनारमा विशेष योग कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रमको प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री बिनु राय माझी हुनु हुन्थ्यो । कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगंजको महावाणिज्यदूत देवी सहाय मीनाले गर्नुभएको थियो ।

यस अवसरमा विशेष अतिथिहरू चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक, चितवन र राष्ट्रिय अनुसन्धान विभाग, चितवनका एसपी र धेरै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।कार्यक्रममा नेपाल-भारत मैत्री संघ, पतञ्जलि योग समिति, उद्योग तथा वाणिज्य संघ, आर्ट अफ लिभिङ, पूर्व सैनिक संगठन लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू र स्थानीय नागरिकहरूले उत्साहजनक रूपमा भाग लिएका थिए ।

आफ्नो सम्बोधनमा कन्सुल जनरल श्री देवी सहाय मीनाले योगको शारीरिक, मानसिक र आध्यात्मिक महत्त्वमाथि प्रकाश पारिन्। उनले योग एक प्राचीन भारतीय सम्पदा हो जुन अहिले विश्वव्यापी कल्याणको माध्यम बनेको छ र भारत-नेपाल सांस्कृतिक सम्बन्धलाई अझ गहिरो बनाएको बताएका छन् ।

प्रमुख अतिथि माननीय मन्त्री सुश्री बिनु राई माझीले पनि आफ्नो सम्बोधनमा योगलाई स्वस्थ जीवनशैलीको आधारको रूपमा वर्णन गर्नु भयो । उहाँले तनावमुक्त समाज निर्माण गर्न र सकारात्मक ऊर्जा फैलाउन योगले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा योग प्रशिक्षकहरूद्वारा साझा योग प्रोटोकलहरूको प्रदर्शन समावेश थियो, जसमा सबै सहभागीहरूले भाग लिएका थिए । नारायणी नदीको रमणीय किनारमा आयोजित कार्यक्रमले सहभागीहरूलाई प्रकृतिसँग जोडिँदै योगको अनुभव प्रदान गर्‍यो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ असार । ईलाका प्रहरी कार्यालय, पोखरीया तथा वडा प्रहरी कार्यालय, श्रीपुर को संयुक्त प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज दिउँसो करिब ०३:०० बजेको समयमा…

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०२ असार । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन थालेका छन् । कार्यवाहक नगरप्रमुखको जिम्मेवारी…

    पहिलो

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 33 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 51 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 47 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 62 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 112 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 83 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-