जीवनी लेख्न होइन इतिहास बनाउन आएका हौँ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु इतिहास बनाउन राजनीतिमा आएको बताएका छन् ।

रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफु जीवनी लेख्न राजनीतिमा नआएको बताउदै इतिहास लेख्न आएको र यसको शुरुवात भइसकेको बताएका हुन् ।

लामिछानेले आफुहरुले सजिलो क्रान्ति गरेर अहिले सत्तामा आएको बताउदै पुराना दलहरुले ३० बर्षसम्म आफ्नो सबै कुरा बिर्सेर देशका लागि संघर्ष गरेर प्रजातन्त्र ल्याएको र  जनयुद्ध जस्ता क्रान्ति गरेर अहिले अवस्था आएको बताए ।

उनले भने- ‘अहिले कति सजिलो छ, घरमा बिहान घरमा खाना खाएर परिवारसँग बसेर बालबच्चासँग बसेर काम गर्ने अवसर छ । यति सजिलो अवस्थामा पनि हामीले काम गर्न सकेनौं भने हामि जस्तो नालायक कोहि हुने छैन ।’

उनले सांसद भएर आफ्नो भूमिका निभाउनुपर्ने बताउदै मन्त्री भएर मात्र प्रतिष्ठा बढ्ने नभएको र सांसदको रुपमा कानुन बनाउने काममा लाग्नुपर्ने जोड दिए ।

  • Related Posts

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले…

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    पहिलो

    जीवनी लेख्न होइन इतिहास बनाउन आएका हौँ-

    • May 10, 2026
    • 26 views
    जीवनी लेख्न होइन इतिहास बनाउन आएका हौँ-

    लहना साप्ताहिकको १३औं वार्षिकोत्सव मनाइयो, नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक-

    • May 10, 2026
    • 115 views
    लहना साप्ताहिकको १३औं वार्षिकोत्सव मनाइयो, नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक-

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 70 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 43 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 44 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान