राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट उठेको चार करोड १८ लाख चार हजार ३०३ राजस्वमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र बैंकमा दाखिला गरिएको पाइएको आयोगले जनाएको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको आरोप लगाइएको छ ।

आयोगका अनुसार प्रतिवादीहरूले उक्त रकम बैंकमा दाखिला भएको देखाउन गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि कानुनअनुसार सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा केन्द्रका सचिवले प्रतिवेदन प्रमुख…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 22 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 23 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 23 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 25 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे