जबरजस्ती करणीको अभियोगमा पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, रोल्पा र सोलुखुम्बुबाट पक्राउ परेका छन् ।

बर्दियामा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८  वर्षीय सुशिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुशिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

त्यस्तै रोल्पामा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी सोलुखुम्बु, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

    काठमाडौँ । जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवज्यूको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सम्माननीय सभामुख डिपी अर्याल सहभागी भएका छन् ।  उक्त कार्यक्रममा राष्ट्रिय सभाका…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 22 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 24 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 23 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 25 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे