ट्रम्पको बेइजिङमा भव्य स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको बेइजिङ विमानस्थलमा भव्य स्वागत गरिएको छ, जसमा विशेष सम्मान र औपचारिक कार्यक्रम राखिएको थियो।

ट्रम्पको चीन भ्रमणलाई उच्च महत्व दिएको संकेतस्वरूप उनको स्वागतमा उपराष्ट्रपति हान झेङ विमानस्थलमा उपस्थित भएका थिए । हानलाई सीका विशेष कूटनीतिक प्रतिनिधिका रूपमा हेरिन्छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकायका पूर्व सदस्यसमेत हुन् । गत वर्ष उनले ट्रम्पको राष्ट्रपतीय सपथ समारोहमा पनि सहभागिता जनाएका थिए ।

ट्रम्पको स्वागतका लागि चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यु, अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ तथा चीनका कार्यकारी उपविदेशमन्त्री मा झाओशु पनि विमानस्थलमा उपस्थित थिए ।

विमानस्थलमा करिब ३०० चिनियाँ युवायुवती निलो र सेतो पोशाकमा हातमा चिनियाँ झण्डा बोकेर स्वागतका लागि उभिएका थिए । त्यहाँ सैनिक सम्मान गारद र सैनिक बाजा टोलीको समेत व्यवस्था गरिएको थियो ।

राष्ट्रपति सी चिनफिङले बिहीबार बिहान स्थानीय समयअनुसार ट्रम्पलाई औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

    भेनेजुएला अमेरिकाको ५१औँ राज्य !

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य भनेका छन् । सामाजिक सञ्जालमा एक ग्राफिक नक्सा सार्वजनिक गर्दै ट्रम्पले चीन भ्रमणमा निस्किनु अघिको भेनेजुएलालाई अमेरिकाको ५१औं राज्य भनेका…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 27 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 28 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 25 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 27 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे