सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा  सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् । आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।  

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    कञ्चनपुर  । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको…

    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गएराती सशस्त्रले सिरहाका ५० बर्षिय…

    पहिलो

    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    • May 17, 2026
    • 20 views
    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    • May 17, 2026
    • 16 views
    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

    • May 17, 2026
    • 21 views
    युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

    अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी

    • May 17, 2026
    • 21 views
    अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी
    • May 17, 2026
    • 20 views

    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    • May 17, 2026
    • 25 views
    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा