अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी

काठमाडौँ । अमेरिकी खुफिया संस्था सीआईएका प्रमुख जोन र्याटक्लिफको हवाना भ्रमणपछि क्युवा र अमेरिकाबीच तनाव बढ्न सक्ने आशंका तीव्र बनेको छ । 

यसैबीच क्युवा सरकारले सम्भावित सैन्य टकरावलाई ध्यानमा राख्दै देशभर युद्धस्तरको तयारी थालेको छ । सीएनएनको रिपोर्टअनुसार क्युवामा नागरिकलाई गुरिल्ला युद्धको प्रशिक्षण दिइँदैछ र आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ । राजधानी हवानासहित विभिन्न सरकारी भवनहरूलाई सम्भावित आक्रमणको अवस्थामा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

क्युवा सरकारले लामो समयदेखि अमेरिकाको आर्थिक दबाब र तेल नाकाबन्दीको सामना गर्दै आएको छ । पछिल्ला महिनाहरूमा विद्युत् कटौती, इन्धन अभाव र अत्यावश्यक वस्तुको कमीले जनजीवन थप प्रभावित बनेको छ ।

सरकारी सञ्चारमाध्यममा नागरिकहरू सैन्य अभ्यासमा सहभागी भएको दृश्य सार्वजनिक गरिएको छ । रिपोर्टअनुसार पूर्व राष्ट्रपति फिदेल कास्त्रोले अघि सारेको ‘सम्पूर्ण जनताको लडाइँ’ रणनीतिअनुसार गुरिल्ला युद्ध प्रशिक्षण भइरहेको छ । केही भिडियोमा पुराना सोभियत हतियार प्रयोग गरेर अभ्यास गरिएको देखिएको छ भने एउटा दृश्यमा एन्टी-एयरक्राफ्ट गनलाई गोरुले तानेको पनि देखाइएको छ ।

आधुनिक हतियार अभाव भए पनि क्युवाले लामो समयसम्म प्रतिरोध गर्न सक्ने क्षमता देखाइसकेको विश्लेषण गरिएको छ । प्राकृतिक विपद्‌को समयमा समेत देशले ठूलो जनसमूह परिचालन गर्न सक्ने क्षमता प्रदर्शन गरेको थियो ।

यसैबीच सीआईएका प्रमुख जोन र्याटक्लिफ यसै साता हवाना पुगेका थिए । क्युवा सरकारले सीआईएलाई लामो समयदेखि शत्रु मान्दै आएको छ । १९६० को दशकमा फिदेल कास्त्रोलाई लक्षित गर्दै विस्फोटक सिगारदेखि विषाक्त स्कुबा सूटसम्मका योजनाहरू बनेको इतिहास समेत उल्लेख गरिन्छ । र्याटक्लिफको भ्रमणलाई दबाबमूलक कूटनीतिक प्रयासका रूपमा व्याख्या गरिएको छ ।

उता जनवरीदेखि अमेरिकाले भेनेजुएलाबाट क्युवामा हुने तेल आपूर्ति लगभग रोकिदिएको छ । अन्य देशलाई पनि क्युवालाई तेल नदिन चेतावनी दिइएको बताइएको छ । हालै अमेरिकी कोस्ट गार्डले कोलम्बियाबाट क्युवातर्फ जाँदै गरेको तेल ट्याङ्कर समेत रोकेको थियो ।

यसको प्रत्यक्ष असर क्युवामा देखिएको छ । जनवरी ९ पछि ठूलो मात्रामा तेल आपूर्ति नआएको र कालोबजारमा पेट्रोलको मूल्य करिब ३५ अमेरिकी डलर प्रतिग्यालन पुगेको बताइएको छ । देशमा दैनिक विद्युत् कटौती भइरहेको छ । अस्पतालमा शल्यक्रिया स्थगित भइरहेका छन्, औषधि अभाव बढेको छ र खाद्य संकट गहिरिँदै गएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई व्यापारिक र लगानीको दृष्टिले पनि हेर्ने धारणा व्यक्त गरेका छन् । उनले क्युवालाई ‘असफल देश’ भन्दै त्यहाँ पैसा र स्रोतको अभाव रहेको टिप्पणी गरेका छन् ।

ट्रम्पले क्युवाको भौगोलिक अवस्थाबारे दिएको केही टिप्पणीले गलत बुझाइ देखिएको पनि विश्लेषकहरूले बताएका छन् । उनले क्युवा आँधी प्रभावित क्षेत्र होइन भन्ने संकेत गरे पनि वास्तविकतामा क्युवा बारम्बार हुरिकेनबाट प्रभावित हुने देश हो ।

क्युवा–अमेरिका सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा १८९८ को स्पेन–अमेरिका युद्धपछि क्युवा स्पेनबाट स्वतन्त्र भए पनि अमेरिकी प्रभाव लामो समयसम्म रह्यो । १९५९ मा फिदेल कास्त्रोले क्रान्तिमार्फत सत्ता कब्जा गरेपछि अमेरिका–क्युवा सम्बन्ध झनै बिग्रिएको थियो ।

त्यसपछि अमेरिकाले आर्थिक प्रतिबन्ध लगायो र व्यापार तथा तेल आपूर्ति रोकियो । सोभियत संघसँग नजिकिएपछि शीतयुद्धकालमा दुई देशबीचको दूरी अझ बढ्यो ।

झण्डै ५५ वर्षसम्म कुनै अमेरिकी राष्ट्रपति क्युवा नगएको अवस्था २०१५ मा बराक ओबामाको भ्रमणपछि तोडिएको थियो । रिपोर्टहरूका अनुसार फिदेल कास्त्रोलाई लक्षित गर्दै ६० वर्षमा ६०० भन्दा बढी असफल हत्या प्रयास भएका थिए । विषाक्त सिगार, विषाक्त पेयदेखि विभिन्न योजना बनाइए पनि कुनै सफल भएनन् । कास्त्रोको २०१६ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम